देश

नेप्से १०५ अंकले वृद्धि, १०० अंकभन्दा बढिले उकालो लाग्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज ‍‍‍(नेप्से) परिसूचक १०५ अंकले बढेको छ।

गतसाता लगातार ४ दिनमा करिब १५० अंकले घटेर बिहिबार समान्य सुधार आएको थियो।

यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको हो ।

यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ।

गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले बढेको हो ।

गतसाता स्थानीय तहको चुनाव अन्योल भन्दा करिब डेढ सय बन्दा बढी अंकले बजार घटेको थियो ।

बजारमा उत्साहजनक रुपले बढेको दिन ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै दुईवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *