अर्थ

बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

काठमाडौँ। नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रस्ताव गरेको छ ।

युएईको भ्रमणमा रहनुभएका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा थानी बिन अहमद अल जेयोदीबीच आबुधावीमा आज भएको शिष्टाचार भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो । त्यस अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास तथा सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयामबारे छलफल हुनाका साथै सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा समेत विचारविमर्श भएको थियो । नेपालले प्रस्ताव गरेका परियोजनामा औपचारिक प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने तथा आगामी दिनमा सहकार्य थप सुदृढ र विस्तार गर्ने विषयमा दुवै पक्षको सकारात्मक धारणा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री गुरुङ युएईको दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’मा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *