अर्थ

सामाजिक उत्तरदायित्वमा ग्लोबल आइएमई बैंक, सातै प्रदेशमा एकैसाथ रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंक स्थापनाको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा घोषणा गरिएका १९ वटा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । बैंकले पुस १८ गतेदेखि औपचारिक रूपमा १९औँ वार्षिकोत्सव मनाइरहेको छ ।

यस अवसरमा कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती प्रदेशका कान्तिपथ र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशका चौराहा बुटवल र नेपालगञ्ज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ जना रक्तदाताले सहभागिता जनाएका छन् । संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका बिरामीलाई प्राथमिकताका आधारमा वितरण गरिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायतका देशबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपाली अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *