अर्थ

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ८३ हजार ७६ कित्ता संस्थापक संस्थापक सेयरधनीहरुको नाममा रहेको र सो सेयरलाई बिक्रीमा ल्याएको हो । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर ४ गते) देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *