अर्थ

अर्थ मन्त्रालयद्धारा नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दाबढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकोले नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट नेपाल टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको छ।

गत मंशिर १ गते राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आयोजित एक कार्यक्रमका बिच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरेका हुन् । नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सो सम्मान ग्रहण गरे ।आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ। सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *