अर्थ

सहकारी प्रकरण : समितिले एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार पार्ने

काठमाडौं । सहकारी ठगी प्रकरणमाथिको अनुसन्धानका लागि गठीत संसदीय छानबिन विशेष समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गर्ने गरी जिम्मेवारी तोकेको छ । बुधबार बसेको समितिको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

उनक अनुसार अहिलेसम्म समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ । बयान सकिए पछि समिति प्रतिवेदन लेखनको तयारीमा लागेको लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *