अर्थ

सेयर बजार कारोबार हालसम्मकै उच्च

काठमाडौं । धितोपत्र दोस्रो बजारमा हालसम्मकै उच्च मूल्यको कारोबार भएको छ । बुधबार २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस्तै नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *