काठमाडौं । नेपाली बजारमा आज (बिहीबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ४६ हजार ७ सयमा कारोबार भएको सुन बिहीबार भने तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो ।
यस दिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको छ ।
यो दिन चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी तोलाको १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।




