अर्थ

भगवती र मिड सोलु हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । जसमा भगवती हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँसम्म तोकेको छ । ‘बीजीडब्लुटी’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

यस्तै, मिड सोलु हाइड्रोपावको चुक्ता पुँजीका आधारमा कायम कुल ७४ लाख ८४ हजार कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकेको छ । ‘एमएसएचएल’ संकेतमा यसको सेयर कारोबार हुनेछ । अब बिहीबार दुवै कम्पनीको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *