विश्व

चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो

काठमाडौं।चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ ।

गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशतले बढी हो । वृद्धि दर जुनको तुलनामा २.१ प्रतिशत अंकले बढी थियो ।

ब्युरोका अनुसार देशले गत महिना एक करोड ३१ लाख टन प्राकृतिक ग्यास आयात गरेको थियो । जनवरीदेखि जुलाईसम्म चीनको प्राकृतिक ग्यास उत्पादन वार्षिक रूपमा ५.७ प्रतिशतले बढेर १३४ अर्ब घनमिटर पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *