अर्थ

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । बिहिबार एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *