काठमाडौं । ललितपुरबाट १ लाख घूससहित सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नापी कार्यालय चावहिल १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाश राज भट्ट पक्राउ परेका हुन् ।
जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनीहरुलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।




