समाचार

सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न नापी विभागलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिएकी छन् । नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रुपमा जनतासँग जोडिएको संस्था भएकाले समयानुकुल प्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवा प्रवाहमा नापी विभागले विशेष ध्यान दिदै जनताले अनुभूति गर्नेगरी काम गर्नु पर्नेमा जोड दिएकी हुन् ।

मन्त्री श्रेष्ठले २०७२ को विनासकारी भूकम्पका कारणले सिफ्ट भएका नियन्त्रण विन्दुहरुलाई प्रतिस्थापन गर्नेगरी आधुनिक प्रविधिको प्रयोग गरेर नियन्त्रण विन्दुहरु स्थापना गरी परिशुद्ध नापनक्सा गर्नको लागि विभागले काम गर्नु पर्ने र त्यसमा आवश्यक सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको पनि बताएकी छन् । राष्ट्रिय भूमि आयोगको काम सरकारको राष्ट्रिय प्राथमिकतामा परेको काम भएकाले त्यस कामलाई प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न विशेष भूमिका खेल्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *