अर्थ

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५ अर्वको इन्धन आयत

काठमाडौं । मुलुककै प्रमुख रुपमा रहेको व्यापारिक नाका वीरगञ्जबाट नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उच्चदरमा बढेको छ ।

उक्त नाकाबाट गत आर्थिक वर्ष २०७७ र ७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८ र ७९ को सोही अवधिमा ३३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ बढी मूल्यको १० लाख ७ हजार ६ सय ९० लिटर इन्धन बढी आयात भएको हो ।

जसअन्तर्गत डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धनलगायत इन्धनहरु भित्रिएका हुन् । आर्थिक वर्ष २०७७र८७ को साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ३१ अर्ब ८९ कराड २१ लाख मूल्यको ७ लाख ८ सय ३५ लिटर इन्धन आयात भएको तुलनामा चालू आर्थिक वर्षको उक्त अवधिमा ६५ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ मूल्य बराबरको १७ लाख ८ हजार ५ सय २५ लिटर डिजल पेट्रोल, मट्टितेल तथा हवाई इन्धन आयात भएको हो। सोही अवधिको तुलनामा १ सय ५ प्रतिशत बढी मूल्यको १ सय ४४ प्रतिशत इन्धन आयात भएको हो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोरोनाको प्रभाव खासै यी क्षेत्रमा नदेखिएकाले आयात वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा डिजल २२ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन ३ हजार २ सय ८८ प्रतिशत, खाना पकाउने ग्याँस १५ प्रतिशत बढी अयात भएको छ भने मट्टितेलको आयात ४० प्रतिशत कम भएको गुप्ताले बताए ।

यस्तै, गत आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट २३ अर्ब १० करोड ३४ लाख रुपैयाँको ५ लाख ४ हजार ४ सय १७ केल डिजल, ७ अर्व ४८ करोड २१ लाख रुपैयाँको १ लाख ६४ हजार १ सय ६६ केल पेट्रोल, १ अर्ब ५ करोड ९८ लाख रुपैयाँको २६ हजार १ सय १२ केल हवाई इन्धन र २४ करोड ६६ लाख रुपैयाँको छ हजार १ सय ४० केल मट्टितेल आयात भएको थियो ।

त्यसैगरी, सूचना अधिकारी गुप्ताका अनुसार चालु आर्थिक वर्षको सोहि अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख रुपैयाँको ६ लाख १४ हजार ३ सय ४८ केल डिजल, १६ अर्ब १२ करोड ९ लाख रुपैयाँको २ लाख ५ हजार २ सय ५२ केल पेट्रोल, ४ अर्व ४३ करोड २३ लाख रुपैयाँको ८ लाख ८४ हजार ७ सय ६४ केल हवाई इन्धन र ३४ करोड ३७ लाख रुपैयाँको ४ हजार १ सय ६० केल मट्टितेल आयात भएको जानकारी दिए । गुप्ताले गत वर्ष इन्धन आयातबाट २४ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु आर्थिक वर्षको ६ महिनामा ३३ अर्व ४९ करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *