अर्थ

नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ०.०८ अंक बढेर २७००.९८ विन्दुमा पुगेको छ । नेप्से सूचक बढेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.३६ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक घटेको छ ।

आज २२७ कम्पनीको ७५ लाख ४९ हजार कित्ता शेयर कारोबार हुदा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँ बराबरको शेर किनबेच भएको छ ।

कारोबारमा आएको बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.१३ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन सपोर्ट माइक्रोफाइनान्सर नेशनल हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ३.८५ प्रतिशत घटेको छ ।

आज होटल तथा पर्यटन उपसमूहको परिसूचक अन्यको तुलनामा बढी अर्थात ०.६१ प्रतिशत बढेको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । आज यस कम्पनीको करिब ५५ करोडको शेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *