काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो ६ महिनाको आर्थिक सुचकांकहरु सार्वजनिक गरेको छ ।
सरकारले पुँजीगत खर्च परिचालन गर्न सकेको छैन। कुल ५०।८ अरब रुपैयाँ खर्च भएको छ । जसमा १६ प्रतिशत बजेट पनि खर्च हुन नसेको अवस्था देखिएको छ ।
केन्द्रीय बैंकका अनुसार पुस मसान्तसम्म शोधान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको सोहि अवधिमा शोधान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो । यस्तै, बिदेशी विनिमय सञ्चिति बढ्दै २०७७ सालमा लगभग अमेरीकी डलर १४ अरब अमेरीकी डलर बराबर पुगेको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुको कर्जा १२ प्रतिशतले बढ्दा निक्षेप संकलन भने ३.८ प्रतिशतले मात्र बढेको अवस्था देखिएको छ । राष्ट्र बैंकको बिभिन्न बस्तुहरु आयातमा कडाईका बाबजुद आयात ५१.१ प्रतिशतले बढेको देखिन्छ ।
त्यस्तै, तरलता अभाव र घट्दो बैदेशिक विनिमय सञ्चितिका बाबजुद भ्रमण व्यय मै लगभग शत प्रतिशत वृद्धि भई रु २९७२ अरब पुगेको छ ।
त्यस्तै, बैदेशिक रोजगारमा जाने नेपाली नागरिकको बढ्दो संख्याका बाबजुत गत वर्ष ११.१ प्रतिशतले बढेको रेमिट्यान्स यो वर्ष भने ५.५ प्रतिशतले घटेर रु ४ सय ६८ दशमलव ४५ अरब मात्र पुगेको छ । यस्तै लघु, घरेलु तथा साना उधमलाई दिइने पुनरकर्जा रु ३५ दशमलव ३८ अरब बाट घटेर रु ८ दशमलव १ अरबमा पुगेको छ । यसका साथै ग्राहक संख्या समेत घटेर ३५ हजार ५ सय ५४ बाट ९ हजार ४ सय ८६ मात्र पुगेको स्थिति देखिएको छ ।
मुलुकको सकारात्मक पक्षहरु
राष्ट्र बैंकका अनुसार चालु आवको ६ महिनामा निर्यात ९५ दशमलव ५ प्रतिशतले बढेको छ । त्यस्तै बैदेशिक रोजगारमा जानेको संख्या १ लाख ६३ हजार ५ सय १७ ले वृद्धि भएको छ । यसले रेमिट्यान्स बढाउन र बेरोजगारीबाट वृद्धि हुने समस्या हल गर्न सहयोग गर्नेछ ।
यस्तै, सरकारले बजेटमा अनुमान गरे अनुरुप कर,राजस्व र आय संकलन गरेको उल्लेख छ । ६ महिनामा कुल रु ५ सय ४२ अरब संकलन भइसकेको सार्वजनिक तंथ्याकमा उल्लेख छ । यसका साथै मर्जर तथा एक्वीजीसन ले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै १ सय २९ पुगेको छ भने शाखा संजाल बढेर ११ हजार २ सय १५ पुगिसकेका छन् ।
मुलुकको वर्तमान अवस्थाबारे सार्वजनिक गरिएको तंथ्याक अनुसार कुल ग्राहस्थ उत्पादन गत वर्ष २ दशमलव १ प्रतिशतले रहेकोमा यस वर्ष ४ प्रतिशतले सकारात्मक वृद्धि भएको छ । यसरी समग्र सरकारी आयको वृद्धिदर गत वर्ष ०.२ प्रतिशत रहेकोमा यस वर्ष १६ दशमलव ३ प्रतिशत पुगेको देखिएको छ ।




