अर्थ

फागुन २ गतेबाट ग्रीन भेञ्चर्स लिमिटेड कम्पनीले आइपीओ निष्कासन गर्ने

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेड कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले फागुन २ गतेबाट आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयामध्ये १० प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँका दरले ३१ लाख २५ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

यस्तै, कम्पनीले ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–१ २ र ३,लिखुगाउँपालिका ९, लिखु तामाकोसी गाउँपालिका १,रामेछाप लिखु तामाकोसी गाउँपालिका २,रामेछाप र उमाकुण्ड गाउँपालिका ७ गरी रामेछाप जिल्लाका बासिन्दाहरुका लागि आइपीओ जारी गर्न लागिएको हो ।

साथै, कम्पनीको आइपीओ निष्कासन फागुन २ गते जारी भइ छिटोमा फागनु १६ गते र ढिलोमा चैत १ गते बन्द हुने कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *