काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । हिजो (विहिबार) सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ खरिदविक्री भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । विहिबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भएको छ ।




