अर्थ

सुनको मूल्यमा वृद्धि, ९२ हजार सात सय रुपैयाँमा कारोबार

काठमाडौं। नेपाली बजारमा सुनको मुल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ ।बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ । ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *