काठमाडौ । यो साता नेप्से तीन हजार एक सय सात दसमलव ४५ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७९ अंकमा पुगेको छ ।
दुई सय २६ वटा कम्पनीहरुको यो साता छ लाख नौ हजार छ सय १८ पटकको कारोवारमा १३ करोड १० लाख २४ हजार नौ सय ११ कित्ता सेयर किनबेच हुदा कुल कारोवार रकम ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा कम हो ।
नेप्सेमा गत साता भने दुई सय २५ वटा कम्पनीहरुको छ लाख ६३ हजार छ सय ९६ पटकको कारोवारमा १६ करोड ७५ लाख ६६ हजार एक सय १४ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार एक सय ४५ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा अन्तिम कारोवार दिन नेप्से घटेर बाँकी दिनहरुमा नेप्से बढेको थियो ।
सो मध्ये पहिलो दिन आईतबार नेप्से एक दसमलव २५ अंकले बढेर तीन हजार ८१ दसमलव पाँच अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव २४ अंकले बढेर पाँच सय ७२ दसमलव १५ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से चार दसमलव छ अंकले बढेर तीन हजार ८५ दसमलव सात अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ३० अंकले बढेर पाँच सय ७२ दसमलव ४६ अंकमा पुगेको थियो ।
तेस्रो दिन पनि नेप्से २६ दसमलव दुई अंकले बढेर तीन हजार एक सय ११ दसमलव नौ अंकमा पुगेकोमा सेन्सिटिभ पनि पाँच दसमलव छ अंकले बढेर पाँच सय ७७ दसमलव ५२ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से १२ दसमलव पाँच अंकले बढेर तीन हजार एक सय २३ दसमलव १४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ७१ अंकले बढेर पाँच सय ७८ दसमलव २३ अंकमा पुगेको थियो ।
पाँचौं दिन भने नेप्से १६ अंकले घटेर तीन हजार एक सय सात दसमलव ४५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ६४ अंकले बढेर पाँच सय ७९ अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदि परेकाछन । सेयर कारोवार भएका संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेकाछन । बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्स्योरेन्स कम्पी आदि अगाडि परेकाछन ।
सुचीकरणतर्फ भने यो साता मनकामना स्मार्ट लघुबित्त बित्तीय संस्था र युनियन लाईफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर नियमित कारोवारका लागि नेप्सेका सुचीकृत भएकाछन् ।




