काठमाडौं । नेप्सेमा आज बुधबार पनि करेक्सन देखिएको छ ।
आज नेप्से १२ दसमलव १५ अंकले बढेर तीन हजार एक सय २३ दसमलव २४ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ७१ अंकले बढेर पाँच सय ७८ दसमलव २३ बिन्दुमा चढेको छ ।
दुई सय २५ वटा कम्पनीहरुको एक लाख ४४ हजार आठ सय ८७ पटकको कारोवारमा दुई करोड ८८ लाख १३ हजार आठ सय ३१ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार दुई सय ७१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव २९ अंकले बढेर दुई हजार एक सय दुई दसमलव ७० बिन्दुमा चढेकोमा बिकास बैंक, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक र लगानी समुहहरुको सुचक भने बढेकाछन् ।
निर्जिवन बीमा समुहको सुचक भने ८२ दसमलव ९८ अंकले घटेर १४ हजार सात सय आठ दसमलव ४६ अंकमा झरेकोमा जीवन बीमा, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको खानीखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ६५ रुपैयाँ २० पैसामा कारोवार भएको छ भने गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने चार दसमलव ९६ प्रतिसतले घटेर २३ सय ५५ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपी पावर कम्पनीको प्रतिकित्ता पाँच सय ६४ दसमलव ३० पैसामा ७९ करोड ४९ लाख ६४ हजार छ सय ५१ रुपैयाँ ३० पैसाको कारोवार भएको छ ।




