समाचार

सेयर बजार राताम्मे, दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको पहिलो दिन आज राताम्मे छाएको छ । आज नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा थामिएको छ भने ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका एउटा सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

त्यसैगरि, आज ५ वटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ भने १७६ वटा कम्पनीका लगानीकर्ताले आजको कारोबारबाट गुमाएका छन् ।

आज सर्वाधिक कारोबार भएको निफ्राको बजारमूल्य ५४१ मा झरेको छ भने ज्योति लाईफ इन्स्योरेन्सको पनि अध्याधिक कारोबार भएको छ । जसको शेयरमूल्य ८७३ मा झरेको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको पहिलो दिन आज आइतबार राताम्मे छाएको छ । आज नेप्से ७५.७६ अंकले घटेर दुई हजार पाँच सय ७२ दशमलब २१ विन्दुमा थामिएको छ भने ७ अर्ब २८ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् भने दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्था रहेका छन् ।

त्यसैगरि, आज ५ वटा कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ भने १७६ वटा कम्पनीका लगानीकर्ताले आजको कारोबारबाट गुमाएका छन् ।

आज सर्वाधिक कारोबार भएको निफ्राको बजारमूल्य ५४१ मा झरेको छ भने ज्योति लाईफ इन्स्योरेन्सको पनि अध्याधिक कारोबार भएको छ । जसको शेयरमूल्य ८७३ मा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *