काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई भेरर व्यवसायिक पीडाकाे पाेकाे फुकाएकाे छ । बन्दाबन्दीकाे मारमा परेर थलिएका व्यवसायीहरुले सभपति देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा निषेधाज्ञा तथा बन्दाबन्दी अवधिभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न पहल गरिदिन आग्रह गरेका छन ।
भेटमा देउवाले कोरोनाका कारण समस्यामा परेका ब्यापारीहरुलाई सहुलियत दिने विषयमा आफुले सरकारसँग पटक पटक आग्रह गरेकाे पुन : सरकारसंग पहल गर्ने आश्वासन दिए । उनले उद्योग ब्यवसाय क्षेत्रमा कोरोनाले पारेको असर न्युनिकरणमा सरकार गम्भीर नदेखिएको समेत आराेप लगाए ।




