अर्थ

कोरोनाको जोखिममा कृषक मलका लागि ठेलमठेल

शारदानगर । सरकारले अधिकांश जिल्लामा बन्दावन्दी र निशेधाज्ञा मार्फत कोरोना महामारी नियन्त्रणको प्रयास गरेपनि चितवनका किसानहरु भने कोरोनाको जोखिममा का बिच पाँच किलो मलको लागि ठेलमठेल गरिरहेका छन् । धानबालीका लागि आवश्यक रासायनिक मल युरिया लिनका लागि चितवनका कृषकहरु कोरोनाका कहरका बिच नै ठेलमठेल गर्दै लाम लागेका हुन् ।

मल समयमा नपाउदा चितवनका किसानहरुलाई कोरोनाको त्रास भन्दापनि आफ्नो धान लगायतका बालीमा लगाएको परिश्रम र लगानी खेर जान्छ कि भन्ने बढी चिन्ता छ । पश्चिम चितवनको भरतपुर १९ शारदानगर बखानपुरमा अवस्थित नेपालकै पहिलो र ऐतिहासिक सहकारीको रुपमा स्थापित बखान बहुउद्देश्यीय सहकारी संस्थाको गेट अगाडि बिहीबार बिहान हजारभन्दा बढी किसानहरु लामवद्ध थिए ।

उनीहरु रासायनिक मल खरिद गर्न शारदानगरका किसानहरु,कोरोनाको जोखिम मोलेर विहानै दुई बजे उठेर लामो समय सम्म ठेलमठेल गरेर लामबद्ध बस्न बाध्य भएका हुन् विहानै २ बजेदेखि किसानहरु मलको लाइनमा बसेका थिए । उनीहरुको लागि सहकारीले पाँच पाँच केजी मल प्रत्येक व्यक्तिलाई दिने व्यवस्था मिलाएको थियो । भरतपुर १९ शारदानगरका स्थानीय दयाराम चौधरी पनि बखान बहुउद्देश्यीय सहकारीले मल वितरण गरेको खबर सुनेपछि एक बोरा युरिया मल लिएर खेततिरै फर्किने आश राखी एकाविहानै नै सहकारी पुगे ।

तर उनले , ५ केजी मात्र मल लिएर फर्कनु पर्यो तर पनि उनी वेखुशी देखिएनन् ।उनले भने “यति भने पनि धन्न मल पाइयो कोरोना पोजेटीभ सन्चो भएर घर फर्किए जस्तो महसुस भएको छ उनले सुनाए ”। अर्का स्थानीय ४० वर्षिय युवा मिनराज गुरुङ ५ वर्ष वैदेशिक रोजगार गई फकिएका हुन् ।

आफ्नै मातृभूमिमा कर्म गर्छु भनि फर्किका उनले शारदानगरमा दुई बिघा जमिन ठेक्का लिएर धान खेती गरेका छन् । युरिया मलकै लागि उनी पनि बिहान ४ बजे सहकारीमा पुगे । उनी त्यहाँ आईपुग्दा उनी भन्दा अघि २०० जना जति लाईन बसिसकेका थिए । धन्नै ५ घण्टा जति लाइन बसेर उनले पनि ५ क.जी मल लिएर े फर्किए । मलका लागि उनले रोपाईं गर्नुअघि पनि हैरानी खेप्नु परेको बताउ । र अहिले पनि यस्तै हैरानी खेप्नुपरेको छ उनले गुनासो गरे ।

भरतपुर २० चन्द्रनगरका अर्का पचाँस वर्षका हरिप्रसाद अर्याल सहकारीमा मल वितरण गरेको खबर सुनेपछि सहकारीमा मल वितरण सक्ने क्रममा पुगेका थिए । उनी भने रित्तै फर्किन बाध्य भए । मल नपाएपछि आक्रोशित हुँदै उनले भने “ किसानलाई समय मल उपलब्ध गर्न नसक्ने, किसानको समस्याको समधान गर्न नसक्ने सरकारले पानि जहाज ,रेल र ठुला ठुला सपना देखाउन छाडे हुन्छ ”।

यतिबेला जिल्लाभरका कृषि सहकारीले मल अभाव कै कारण न्यून मात्रामा मल वितरण गर्न बाध्य भएका छन्। । जुन माग अनुसार अत्यन्तै न्यून परिमाण हो ।निषेधाज्ञाको समयमा सभा,समारोह, भेटघाट त परको कुरा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाइँदैन, झट्ट हेर्दा मेला,हाट बजार भन्दा कम थिएन मल लिन बस्नेको लाईन र भिडभाड ।

धान रोपाई शुरु गर्न भन्दा अगाडि पनि युरिया मल किन्न यस्तै सास्ती खेप्नुपरेको थियो किसानहरुले ।साउनको अन्तिम हप्ता भित्र धानमा हुने झार गोडिसकेपछि उत्पादन बृद्धि गर्नको लागि हालिसक्नुपर्ने मल भदौको दोस्रो हप्ता भित्र हाल्न पाएका छैनन् किसानले सहकारीमा मल लिनका लागि भिड बढेपछि सहज रुपमा मल उपलब्ध गराउन अस्थायी प्रहरी चौकी शारदानगर टाउनका प्रहरीहरु खटाइएको थियो ।

सहकारीका अध्यक्ष रेशम गुरुङले भने सहकारीले समयमै मल माग गर्दा पनि मागअनुसार मल नआएको बताउनुहुन्छ ।उनले बखान सहकारीमा गत हप्ता ४० बोरा आएकोमा प्रतिव्यक्ति १० केजी अहिले २० बोरामा प्रतिव्यक्ति ५ केजी समानुपातिक ढङ्गबाट वितरण गरेको बताए । अध्यक्ष गुरुङले थोरै परिणामको मल आएकोले सबैलाई पुगेन,पहिला आउनेलाई ५ के.जी भएपनि वितरण गर्न सक्यौ, पछि आउनेलाई दिन नसकिएको बताए ।

आगामी हप्ता पनि पुनः समानुपातिक ढङ्गबाट मल वितरण गर्ने उनले बताए । जिल्लाका अन्य ठाउँमा पनि किसान मलका लागि सहकारी कार्यालय अगाडि घन्टौं लाइनमा बस्न बाध्य दखिन्छन् । उनीहरुले पनि आवश्यकताअनुसार मल पाएका छैनन् ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लामा २७ हजार ४ सय ४५ हेक्टरमा धानखेती हुँदै आएको छ । जिल्लाभरी २ हजार १ सय क्विन्टल मात्र मल आएको भन्नुहदै प्रमुख ढकालले १ कट्ठा जमिन लाई साढे दुई के.जी युरिया मल आवश्यक पर्ने हुन्छ ।

सहकारीका कृषि उपसमितिका संयोजक धर्मराज सुवेदीले सहकारीमा ७ सय शेयर सदस्य भएको सहकारीमा सञ्चालक समिति, शेयर सदस्यहरु, सर्वसाधारणदेखि आम स्थानीय किसानहरुलाई कसैलाई धेरै कसैलाई थोरै वितरण नगरिकन समानुपातिक ढङ्गबाट वितरण गरिएको भनाई राखे । र कृषितर्फ राज्य उदासिन रहेको,भन्नु हुदै उहाँले अगामी वर्ष समयमै मल स्टक गरी किसानहरुलाई पुग्नेगरी मल वितरण गर्ने बताए ।

लकडाचनको कारण पर्याप्त मात्रामा मल नेपाल भित्रीन नसकेको कारण पनि मल समयमा वितरण गर्न नसकिएको कृषि ज्ञान केन्द्रको भनाइ छ । अनुदानको रुपमा आउने युरिया मल देशभर कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मात्र बिक्री वितरण गर्दै आएको छ । कृषि सामग्री चितवन शाखाका प्रमुख रवीन्द्र गौतमले कार्यालयमा अझैपनि मल नआएको र आउने समय पनि अनिश्चित भएकोले अहिले हरेक सहकारीमा किसानको भिड भएको बताउछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *