अर्थ

लगानी बोडले पायो उर्जावान नेतृत्व

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा इन्जिनियर सुशील भट्टलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको छ ।
नेपाल व्यवस्थापन संघको नेतृत्व गरिसकेका भट्ट बैंकिङ तथा परामर्श क्षेत्रको लामो अनुभव हासिल गरेका व्यक्ति हुन । पूर्वाधार आयोजनाका लागि परामर्शदाताका रुपमा काम गरेको अनुभव भएका नवनियुक्त सीइओ भट्टको ग्रामिण विद्युतिकरणमा विशेषज्ञता रहेको छ ।
काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक र एमबीएमा स्नाकोत्तर गरेका उनले २७ महिना राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा काम गरे । योजना आयोगमा पूर्वाधार हेर्ने सदस्य रहेका भट्टले फिजिविलिटी अनुसार आयोजनाहरुलाई अगाडी बढाउने अवधारणाको विकास गर्दै प्रोजेक्ट बैंकको अवधारणा अघि सारे ।
विभिन्न दातृ निकायमा समेत काम गरेका नवनियुक्त सीइओ भट्टले गुपचुपजस्तै अवस्थामा रहेको व्यवस्थापन संघलाई आफू नेतृत्वमा रहदा पहिचान बदलिदिए । उनी नेतृत्वमा आउनु भन्दा अगाडी रिटायर्डहरुको थालोको रुपमा चिनिने संघलाई सरकारले पत्याएको एउटा संस्थामात्र बनाएनन युवाहरुलाई आकर्षित गर्ने काम गरे । उनकै कार्यकालमा संघले भारत, अष्ट्रेलियलगायतका देशबाट अवार्ड प्राप्त गर्न सफल भयो भने संघलाई एशियन म्यानेजमेण्ट एशोशिएशनमा आवद्ध गराए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *