अर्थ

तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत अधिकारी अख्तियारको फन्दामा

 काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृतलाई शुक्रबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

काठमाडौको चन्द्रागिरी २ नागढुङ्गा नाकामा अख्तियार अनुसन्धानको टोलिले माहानगरिय प्रहरी प्रभाग नागढुङ्गाको सहकार्यमा तुलसीपुर उपमाहानगरपालिका प्रशासकिय प्रमुख कृष्णकान्त अधिकारीदलाइ नगद,   बैंक डिपोजिट रसिद र मोबाइलसहित पक्राउ गरेकाे हाे ।

अधिकारीलाई सुराकीको आधारमा बुटवल देखि ट्र्याक गर्दै अन्तत नागढुङ्गा नाकामा रोकि खोजतलास गरिएको थियो । उनलाई आवश्यक कारवाहीका लागि अख्तियारको हिरासतमा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *