काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले विद्यार्थीहरुलाई विद्यालय पोषाक हस्तान्तरण गरेको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवीभञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि एक सय २२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको जनाएको छ ।
विद्यालयको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिनको उपलक्ष्यमा बालबालिकाहरुका लागि विद्यालय पोशाक बैंकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेशप्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरेका थिए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।




