काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको भाउ बढेको छ । भने आज चाँदीको भाउ घटेकाे छ । तोलामा दुई सयले बढेर ७९ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ तोलाको ९ सय कायम भएको छ ।
महासंघका अनुसार बुधबार तोलाको ७९ हजार ५ सयमा कारोबार भएको थियो भने मंगलबार ८० हजार पुगेको थियो। सोमबार भने हालसम्मकै उच्च मूल्य ८० हजार ३ सय पुगेको थियो । यस्तै तेजावी सुन पनि तोलामा २ सयले बढेर ७९ हजार ४ सय पुगेको महासंघले जनाएको छ । भने आज चाँदीको भाउ घटेकाे छ । आज चाँदीको भाउ तोलाको ९ सय कायम भएको छ । बुधबार तोलाको ९ सय ५ मा कारोबार भएको थियो ।




