काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकले सुर्यविनायक नगरपालिकाको एक विद्यायलमा न्यानो कपडा हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चित्रपुर आधारभूत विद्यालयका अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ ।
बालबालिकाहरुका लागि न्यानो कपडा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई हस्तान्तरण गरेका थिए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ




