अर्थ

नेपाल पर्यटन बोर्डमा अख्तियारको छापा

काठमाडौं।नेपाल पर्यटन बोर्डमा अख्तियारले छापा मारेको छ । माइकल कोबोल्डसँगको मिलेमतोमा बोर्डको दुई करोड रुपैयाँ नियम विपरित खर्च गरेको विषयमा अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही दिन अघि पर्यटन बोर्डमा छापा मारेर कोबोल्डसँग मिलेर गर्ने कार्यक्रमको फाइल कब्जामा लिइएको छ ।

प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी बोर्डको पैसा बाँडेर सबैलाई खुसी पार्न सकिन्छ भने भ्रमको जालोमा नराम्रोसँग परेका थिए । जोशीले पद सम्हाले लगतै उनको दम्भ बढेकाे स्रोतले दाबी गरेको छ ।आफ्नो व्यक्तिगत फाइदालाई केन्द्रमा राखेर काम गर्ने बानी परेका जोशीले डर धम्की दिँदै कर्मचारीहरुलाई अनियमित तरीकाबाट गराएको कामहरु मध्ये माइकल कोबोल्डसँगको मिलोमतोमा बोर्डको दुई करोड रुपैंया नियम विपरित खर्च गरेको विषयमा अनुसन्धानका लागि भन्दै २०७६ पौष २१ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फाइल कब्जा लिएको थियो ।

बोर्डमा अख्तियारको छापा पछि यस विषयमा जानकारी लिने क्रममा जोशीले आर्थिक वर्ष २०७३ र ०७४ मा कोबोल्डको कार्यक्रमका अतिरिक्त ट्रिपएडभाएजर, विविसीलाई समेत नियम विपरित पैसा भुक्तानी गरेको बुझिन आएको छ । आर्थिक वर्ष २०७३।७४ को महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा यस किसिमबाट भएको खर्च रकम असुल उपर गर्ने निर्देशन पछि अनियमित रुपमा भुक्तानी भएको रकमको आकार धेरै हुन सक्ने भएको त्रासले जोशीले आफ्नो बाँकी कार्यकालको लेखा परीक्षण समेत नगराएको तथ्य जानकारीमा आएको छ ।

अख्तियारले कब्जामा लिएको फाइलको प्रारम्भीक अनुसन्धानले प्रकृया संलग्न कर्मचारीहरुको मिलोमतो देखिएको र थप अनुसन्धान भैरहेको अख्तियार श्रोतले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *