विचार

बालेनको सहरमा पाएको दुःख

कुरा भाद्र ७ गतेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानको केही अफिसियल काम सकेर बेलुका काठमाडौंबाट धनगढी फर्किने मेरो योजना थियो । १ बजेसम्म अफिसियल काम सक्ने, २ बजेसम्म सानोतिनो सपिङ्ग सक्ने, ढिलोमा ३ः ३० सम्म रुममा पुग्ने, सामान आदि प्याकिङ गरेर ढिलोमा ४ः ३० मा हिंड्ने र जाममै परे पनि ढिलोमा ५ ः ०० बजेभित्र एयरपोर्ट पुग्ने पूर्वय‍ोजना थियो । ५ः३० को टिकेट लिइसकेको थिएँ ।

तर १ः०० बजे विभागको आकस्मिक मिटिङमा बस्नुपर्यो । सपिङ छुटाएर मिटिङमा बस्ने योजना मैले बनाएँ । मिटिङ सकिनुअगावै म निस्किएँ पनि । ठीक २ः३० मा म प्रदर्शनी मार्गमा पुगें । एक पुस्तक किन्नु थियोे । सडकमा पार्किङ कतै नभएकोले यता पार्किङ गर्न मिल्दैन भन्ने अनुमान लगाएँ । तर आरआर क्याम्पस छेउ हुँदै अद्वैतमार्ग जोड्ने गल्लीमा केही बाइकहरु पार्किङ गरिएका थिए । त्यता नो पार्किङु लेखिएको पनि थिएन कतै । मलाई लाग्यो यहाँ पार्किङ गर्न पाइन्छ ।

सोही बाटो किनारमा बाइक राखें र अघिल्तिरको पसलमा पुस्तक किन्न खोजें । त्यता नपाइएकोले परतिरका पसलमा गएँ । करिव दस मिनेटमा पुस्तक किनेर आउँदा बाइकको चक्कामा लक लगाइएको देखें । लकमै मोबाइल नं लेखिएको रहेछ । फोन गरें । सम्बन्धित ट्राफिक अधिकारीलाई सबै कुरा बिस्तारमा बताएर छिटो लक खोलिदिन अनुरोध गरें । छिट्टै मान्छे पठाइदिने भन्दै उनले कल काटे ।

तर निकै समय कुर्दा पनि न लक खोलिदिने मान्छे आए न त फेरि फोन नै रिसिभ भयो । अति भएपछि पुतलीसडक चोकमा गएर ड्युटीका प्रहरीलाई सबै कुरा अनुरोध गरें । उनले लक लगाउने प्रहरीलाई फोन गरेर तुरुन्त आउन भने । तर उनी तत्काल आएनन् । करिब डेढ घण्टापछि ४स्२० मा बल्ल उनी आए ।

मैले पार्किङ स्पट बारे आफुलाई थाहा नभएको लगायत सबै कुरा अनुरोध गरें । तर उनले मेरो कुनै कुरा सुन्नै चाहेनन् । मेरो ड्राइभिङ लाइसेन्स आफ्नो खल्तीमा हाले र हातमा पर्चा थमाउँदै अनलाइन जरिवाना तिर्नु र भोलि अफिस टाइममा आएर लाइसेन्स लगेर जानूु भन्दै बाइकको लक खोलेर आफ्नो बाटो लागे ।

मैले आफ्ने फ्लाइट छुट्न लागेको, धनगढी जाने, भोलि आउन नसक्ने, उता पनि लाइसेन्स चाहिने हुनाले बरु जरिवाना भन्दा बढी धरौटी छोडेर जाने उतैबाट अनलाइन तिरिदिने तर लाइसेन्स मलाई फिर्ता गरिदिनु अनुरोध गरें । (तर पदको दुरुपयोग नहोस भनेर मैले आफ्नो ुविशिष्टु परिचपत्र भने देखाएन) फ्लाइट छुट्न लागेको कठिन समयमा मलाई डेढ घण्टा कुराएर मेरो समस्या सुन्दै नसुनी अमानवीय तरिकाले उनी आफ्नो बाटो लागे ।

उनलाई पछ्याउने, थप कुरा गर्ने या अन्य प्रक्रियाबारे सोच्ने समय मसँग थिएन । हतारमा बाइक स्टार्ट गरें, छोटो बाटो हुँदै हतारमा रुममा पुगें र आधि सामान छोडेर हतारैमा हिंडे । फ्लाइट भ्याइने आश मरिसकेको थियोे, धन्न प्लेन उड्नु पाँच मिनेट अघि मात्रै एयरपोर्ट पुगें । बालेनहरु सार्वजनिक बिदाको दिन पनि सरकारी सवारीमा सयर गर्छन्, ट्राफिकले अौपचारिक चेकजाँच सम्म गर्न खोजे पनि सिंहदरबार जलाइदिने धम्की दिन्छन्, हामी सर्वसाधारणका दूख कस्ले सुन्ने ?

साधारणतया म कानुनको पक्षपाती हो । कानुनको पालना गर्न भनेरै बाइकमा लक लगाएको विषयमा दूख लागेन, जरिवाना समेत तिर्ने मनस्थिति आफैंले बनाए । म चाहन्थे भने तत्काल कतै सम्बन्धित शक्तिकेन्द्रमा फोन गरेर लक खोल्न लगाएर जरिवानाको कुरै नगरी हिंड्न सक्थे । तर मैले कानुनको पालना गरेर दोस्रो पटकलाई सचेत बन्ने सोच बनाएँ । तर कानुन कार्यान्वयनकर्ताका अमानवीय र अक्षम व्यवहारका कारण दुस्ख पाइयो, महत्त्वपूर्णरअत्यावश्यक सपिङ गर्न पाइएन, चरम् मानसिक पीडा झेलियो, यता यात्रामा दुई तीनपटक ट्राफिक जाँचमा परिसके, लाइसेन्स उतै छ, झमेला छ ।

यस्ता विषयमा संवेदनशील बन्नुपर्ने कस्ले हो ? कानुन सर्वसाधारणको सहजताको लागि निर्माण गरिन्छ कि कठिनाइ थप्न ? यता सोच्ने जिम्मेवारी कस्को ? महानगरको व्यवस्थित कायापलट को ढोङ देखाइरहेका नवराजा बालेनको कि जल्न तयार भैरहेको सिंहदरबारको ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *