बिवाह गरेको ३ महिनामा प्रिया छोडेर त्यही बिबाहको ऋण तिर्न खाडी कुद्नु पर्ने युवकको व्यथा सुनाउनु छ सरकारलाई । भुकम्पले भत्किएको घर छिमेकीको जोडामा बनाउन खोज्दा घर पुरानो भैसक्यो उ विदेश दौडेको दौडै छ । अलि हुनेखानेका सन्तान बोर्डिङ पढ्छन् । त्यही देखासिखीमा वच्चा पढाउन बुढी शहरमा राखेर विदेश कुदेको बाउलाई लौ त भने छोराछोरीले डोनर जस्तो सम्झन्छन् । उता खेति बांझो छंदै छ । ४ वर्षे व्यचलर लेभल पढ्दा र पास गर्दा भर्भराउंदो उमेर सकिने र पास गरेपनि प्रमाणपत्र तकिया मुनि राख्नुको विकल्प नभएको हुदा बिकासे विदेश ट्राई गर्दागर्दै कतिको पैसा डुवेको कतिको समय डुवेको ,न खाडि पस्न सकेको न यो देश बस्न सकेको युवकको आवाज बोल्नु छ ।
बल्लतल्ल विदेश पसेका पि.आर नपाएका स्वदेश फर्के जिरो हुने बिदेशी भूमिमा किरो हुने लथालिङ्ग पारिवारिक स्थिति भएका हजारौं मान्छेहरुका पीडा अव्यक्त छन् । सन्तान उतै भासिएका ,आफू उनीहरुसँग रमाउन नसकिने उनीहरु यता आउन नसक्ने यताको सम्पति टोक्नु न बोक्नु भएका वृद्ध वृद्धाहरुका घाउहरु उस्तै चर्याईंदा छन् । पिल्लिंदा छन् ।
नेपालमै केही गरौं भनेर विभिन्न पेशा व्यवसाय गरेका र चल पूँजी अपुरो भएकाले सफल हुन नसकेर फेसबुकमा ढाडपट्टीको तस्बिर ,स्याडो सिन पोष्ट्याउने भाईहरुको ड्रिपेशन पनि कम कहालीलाग्दो छैन । केही ठेकेदारहरु राता रात मालिक भएको देखेर उसकै पछि लाग्ने र पेटीको पनि पेटीमा कामलिने ठेकेदार भएको महशुस गर्ने र त्यो सान जोगान खोज्दा खोज्दै कुल्ली ठगेर भागेका ठिटाहरु र ठगिएका मज्दुरहरुको पीडा बताई सक्नुको छैन।
गाउँमा करोडौ करोडका स्कुल भवनहरु बन्दैछन । वच्चा नभएर कक्षाकोठा रित्तदैं छन् । स्कुल उग्लेर दरवन्दी कता पुग्ने हो मास्टरहरु त्राही त्राहीमा छन । उता पढ्दै गरेका नानीहरु १२ सँगै आइएलटिए रपीटी पनि पढीरहेका छन् । मिलेसम्म उनीहरुको दाउ विदेशै कुद्ने छ । पढाईको बहानामा अरवौं नेपाली पैसा विदेशी विश्वविद्यालयहरुले अशुलीरहेका छन् । त्यस्तै कोरियाको डुकु पछि लागेर लाखौ युवा अलमल्ल परेका छन् ।
किसानीका कुरा गरौं भने हाईव्रिडको बीस पसिसकेको छ । परम्परागत वाली मासी सकेको छ । हाईव्रिड वालीको वीउको बीउ हुंदैन । अब अनिकाल लाग्यो भने बीउ छैन । वीउको बीउ नहुने हु न्न । सेवनले मानव वस्तीमा बांझोपन आउंदै छ ।उता युवा विदेशिने क्रममा तिव्रता आएको छ । यही अवस्थालाई यथास्थितिमा राख्नेहो भने यो मुलुकको अवस्था कल्पना बाहिर पुग्ने छ । यो त एउटा पक्ष मात्रै हो । यस्ता कयौं विषयवस्तुहरु छन । समस्याहरु छन् ।
तपाईले पनि उठाउंन खोजेका यस्तै सवाल त होलान नि । किन वुच्का बुच्कामा खडा हुनु ! आनुहोस सामाजिक जग बलियो भएको पार्टी नेपाली कांग्रेसले मैले मागेको ठाउँमा टिकट दिन सक्छ । सबै मिलेर चुनाव लडौं ।




