विचार

भुत्ते विचार भएकाे जुनसुकै पार्टीले केही पनि गर्न सक्दैन : माधव कुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार भएको पार्टीले केही गर्न पनि सक्षम नहुने उल्लेख गरेका छन् । पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ पार्टीभित्र विचार भुत्ते भयो भने नेता तथा कार्यकर्ताले केही गर्न सक्दैनन । ’

दलाल पुँजीवाद हरेक क्षेत्रमा हावी हुँदै गएको नेपालले टिप्पणी नेपालको टिप्णी रहेको छ । ‘दलाल पूँजीवादसँगको लडाई प्रधान अन्तरविरोध हो । नेपालको अर्थतन्त्र र राजनीतिमा यिनै दलाल शक्तिहरु हावी भएका कारण नै राजनीतिक दलका पार्टीहरूलाई यिनै दलालहरूले प्रभावित पारेको उनले बताए । , ‘भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ । त्यो विभिन्न पार्टीमा बढ्दै जाँदा हाम्रो पंक्तिमा पनि बढ्दै गएको उनले बताए ।

निर्वाचनमा पैसा बाहेक नदेख्ने प्रवृत्ति बढ्दै गएको नेपालले बताए । यसरी नेपालको अर्थतन्त्र र निर्वाचनमा राजनैतिक प्रणाली समेत विग्रिएकाले गर्दा अब नयाँ तरिकारले सिस्टममा सुधार गर्नुपर्ने समेत उनले दावी गरे । पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएको भन्दै नेपालले हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्ने विषयमा समेत कुरा उठाएका छन् । सामूहिक भावनाले मात्रै राम्रो र व्यवस्थित पार्टी बनाउन सकिने नेपालको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *