विचार

संघर्ष

व्यवस्था परिवर्तन भयो शक्ति उही। अनावश्यक प्रश्न गर्नेहरुको कमी छैन “व्यक्ति कि व्यवस्था”?

चुनावी चहलपहल सुरु  भए पछि कोठे छिन्तन्मा अल्मलिएर आफै अन्योलमा परि सोच्दै छु स्थानीय चुनावमा कसलाई छान्ने? मेरो विचारमा व्यवस्थाले व्यक्तिलाई नियन्त्रण गर्छ र व्यवस्थालाई व्यक्तिले स्थापना गर्छ। अल्मलिएर  फेरि त्यो व्यवस्थाले किन स्वभाविक गति प्रदान गर्दैन? आखिर व्यवस्था चलाउने व्यक्तिले न हो, व्यवस्था आफैं त चल्दैन नी? फेरि व्यवस्था पनि त व्यक्तिहरुले स्वयंको लागि बनाउने हो अपरिवर्तनीय त होइन नि? तर न्याय हराएको महसुस हुदा मन खिन्न हुन्छ।

बैंसको उमेरमा तागत हुन्थ्यो, एक्लै सामना गर्न सक्छु, कोही कसैको साथ नभएपनि एल्लै हिड्छु, लड्छु, आखिरमा सत्यको जीत हुन्छ भन्ने हिम्मत हुन्थ्यो। तर दिनहरू थपिदैं जादा महसुस हुन्छ म भ्रममा छु। त्यसैले मिलेर अगाडि बढ्नु पर्छ परिस्थिति अनुकुल चाल हुनुपर्छ। त्यसरि कुनै एउटा झुण्डको पुच्चरमा म पछाडि बाट अगाडि दगुर्दछु। अगाडि गएर क्षितिज हेर्ने रहर कायमै रहन्छ।

पछाडि भिड थिएन हल्ला कम थियो। शान्त रमाइलो थियो। म दौडदैं पुगे झुण्डको माझमा। त्यहाँ पुग्दासम्म मेरो गति बदलिएको थियो। म अरुलाई उछिन्न बाध्य थिए किनकी मलाई क्षितिज हेर्नु थियो। तर मेरो शरीर परिश्रमले पसीनामय भएको थियो तर अनुहार मलिनो। भोकले म रन्थनिएको थिए। वरिपरी म जस्तै थुप्रै अरु व्यक्तिहरू पनि थिए। विश्राम गर्नु मेरो शाररीक आवश्यकता थियो। त्यसैले ठूलो रुखको चौतारोमा विश्राम लिए।

त्यो रुख कुनै एउटा भञ्ज्याङमा थियो। तल पछाडि पुच्चरका मान्छेहरु पनि देखिन्थ्यो र अगाडिका हरु पनि। तर ती मान्छेहरुले पनि कुनै नयाँ क्षितिज देखेका रहेनछन्। आखिर पूर्व पटी भयंकरको पहाड रहेछ। त्यो पहाड बाट पो नयाँ क्षितिज देखिने रहेछ जहाँ बाट नयाँ सुर्योदय हेर्ने मेरो अभिलाषा पूर्ण हुन्थ्यो। तर भञ्ज्याङ तलको मैदानमा सबैतिरबाट मानिसहरु आइरहेका थिए। आहा त्यो पूर्व बाट आएको मानिस भेट्न पाए! तर तल मैदानमा कोही मिल्थे कोही झगडा गर्थे, कोही के गर्थे कोही के। लाग्छ अब इनीहरु अगाडी बढ्दैनन्। तर पूर्व बाट कोही किन फर्कियो?

मन खिन्न हुन्छ। साथिहरु छुट्छन्। गन्तव्य देखिन्छ मात्र हिड्ने तागत हुदैन। मेरो आवाज अब कसैले सुन्दैन। म एक्लिएको छु। एक मनले लाग्छ ठिकै गरेछु हेर तल मैदानमा झगडा। फेरि लाग्छ म त्यस्मा नअल्मल्लिएर अगाडि बढ्न पनि सक्थे। किंकर्यव्यविमूड भएर म अगाडि बढिन।

त्यो पूर्वबाट आएको मानिस पनि म बसेको ठाउँमा आइपुग्यो र भन्यो पूर्व तिर त्यति चाख लाग्दो कुरा केही छैन त्यही भएर म पश्चिमको क्षितिज हेर्न आएको। लागेको थियो उसलाइ उ पहिलो व्यक्ति हो जसले पश्चिमको क्षितिज पहिलो चोटी देखेको छ। उसलाई खिन्न हुन्छ मलाई त्यहाँ देखेर। तर मेरो वास्तविकता थाहा पाए पछि उ झन् अकमक हुन्छ। आखिर संघर्ष के को लागि?

त्यसपछि मलाई एक्लो पनको महसुस कमी भयो। चौतारोमा हामी दिनहुँ ध्यान गर्छौ। आफ्ना अनुभव साट्छौं। मैदान जाने र मैदान बाट आएकाहरुलाई आफ्नो अनुभव र ठाउँको परिचय दिन्छौं। कहिले काहिं उपहार आदान प्रदान हुन्छ। हिजोआज भञ्ज्याङमा गाउँ बसेको छ। हावा पानि राम्रो छ। आवश्यक्ताहरु सजिलै परिपुर्ति हुन्छ। जीविकोपार्जन गर्ने केही उपाएहरु निकालेका छौं। चौतारोमा बसेर ध्यान गर्दा कहिले काहिं चराहरुको बिष्टा टाउकामा पर्छ। भलो हुन्छ भन्ने प्रचलन छ। जे होस जीवनमा शान्ति छ। संघर्षमा सुख छ। व्यक्ति र व्यवस्था जीवनमैत्री छन् यो भञ्ज्याङमा। जय भञ्ज्याङ!

[email protected]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *