विश्व

मेक्सिकोमा एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिए

मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७ सय १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल संक्रमितको संख्या १० लाख ३२ हजार ६ सय ८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस संक्रमणको कारण ५ सय ५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३ सय ३७ व्यक्तिको मृत्यु भइसकेको छ ।

शनिबारसम्म ७ लाख ७४ हजार ९ सय ३० व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  •  चर्चामा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *