भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४–२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो ।
मध्य पूर्वमा जारी सङ्कटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ् अनुसार प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि दर देखिएको छ, जुन मुख्यतया कृषि र मत्स्य क्षेत्रबाट र्निाित भएको जनाइएको छ । गत आर्थिकको वर्षमा उत्पादन, व्यापार, होटल, यातायात, सञ्चार तथा प्रसारण तथा अचल सम्पत्ति क्षेत्रसँग सम्बन्धित सेवाहरूले दोहोरो अङ्कको वृद्धि हासिल गरेको तथ्याङ्कले देखाएको छ ।




