विश्व

अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते

पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीले बुधबार बताउनु भएको छ ।

रहिमीका अनुसार भोक लागेको ब्वाँसो नाजियान जिल्लाको सुरुबी सस्मा क्षेत्रको आवासीय क्षेत्रमा प्रवेश गरेर गाउँलेहरूलाई आक्रमण गरी सात जनालाई घाइते बनाएको थियो । सबै घाइतेहरूलाई तत्कालै उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएकोसमेत रहीमीले बताउनु भएको छ ।

आक्रमण मानव वन्यजन्तु तथा विच उत्पन्न द्वन्द्वको वृद्धिको कारण भएको जनाइएको छ । कठोर जाडोको कारण ब्वाँसो , चितुवा लगायतका शिकारी जनावरहरूलाई अफगानिस्तानको दुर्गम पहाडहरूबाट खानाको खोजीमा जनसङ्ख्या भएका क्षेत्रहरूमा आउन बाध्य पारेको जनाइएको छ ।

यस अघि, उत्तरी बदख्सान प्रान्तको दुर्गम गाउँमा एउटा चितुवाले स्थानीयको गाईवस्तुको समुहमा आक्रमण गरी एकै पटकमा ४५ वटा भेडाको हत्या गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *