बेलकोटगढी। लगातारको वर्षाले नगर क्षेत्रमा धान बालीमा व्यापक क्षति पुर्याएपछि बेलकोटगढी नगरपालिकाले किसानको धान क्षतिको विवरण संकलनकाे कार्य अघि बढाएको छ।
नगरपालिकाले लगातार वर्षाको प्रभावले काटिसकेको धान बालीमा क्षति पुगेको भन्दै सबै वडाहरूमा विवरण संकलनकाे प्रक्रिया सुरु गरेको हो।
नगरपालिकाले एक सूचना जारी गर्दै सबै वडा अध्यक्ष, जनप्रतिनिधि, प्राविधिक र प्रहरीको रोहबरमा क्षतिग्रस्त किसानहरूको विवरण संकलन गरी १९ भित्र नगरपालिकामा पठाउन अनुरोध गरेको छ।नगरपालिकाले पठाएको सूचनासँगै धान क्षतिको विवरण संकलनका लागि आवश्यक फर्मेट पनि संलग्न गरिएको छ।
वर्षाको कारण काटिसकेका धानबाली नष्ट हुँदा किसानहरूमा ठूलो आर्थिक क्षति भएको र तत्काल क्षतिको मूल्यांकन गरी राहतका लागि पहल गर्न नगरपालिकाले तयारी थालेको जनाएको छ।





