खेलकुद

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली, कप्तान पौडेल भन्छन् – सोचेजस्तो नतिजा आएन

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित टोलीलाई स्वागत गरिएको थियो ।

स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएको बताए । तर, खेल भने राम्रो भएको उनको भनाइ छ ।

क्वार्टरफाइनलमा भारतसँग पराजित भएको विषयमा उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *