खेलकुद

सुर्खेत : क्यानको साधारणसभा आगामी फागुन १४ र १५ गते

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ ।

कोषाध्यक्ष रोशनबहादुर सिंहका अनुसार पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गनेृ उनको भनाइ छ । ‘अघिल्लो वर्ष फागुनमै भएको साधारणसभाले पारित गरेपछि सेभेन थ्रीसँग सम्झौता भएको थियो तर अब उक्त सम्झौता कायमा राख्ने वा नराख्ने विषयमा साधारण सभापछि थाहा हुने सिंहले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *