सम-सामयिक

गठबन्धनले हार स्वीकार्‍यो : एमाले नेतृ सीता पौडेल

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी सदस्य सीता पौडेलले गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्यालहुइँया गरेर गएको टिप्पणी गरेकी छन् ।

नेकपा एमाले चितवनले नारायणगढको क्याम्पा चौरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै उनले गठबन्धन दलका नेताहरूलाई स्यालको संज्ञा दिइन् ।

३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनाव सामान्य परिस्थितिमा हुन नलागेको उनले बताइन् । गठबन्धन दलका नेताहरूले भरतपुर महानगरपालिकाका जनतालाई धम्काएर गएको भन्दै जनताले माओवादीलाई चिनिसकेको बताइन् ।

परमादेशको भरमा बनेको सरकारले महंगी थपेको भन्दै उनले राष्ट्रियताको रक्षा गर्ने पार्टी एमाले मात्र भएको बताइन् । गठबन्धनले हार स्वीकार गरिसकेको भन्दै उनले भरतपुरमा नेपाली कांग्रेसले गलत बाटो लिएपछि कांग्रेसकै नेताहरुले विद्रोह गरेर स्वतन्त्र उम्मेद्बारी दिएको बताइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *