देश

हेटौंडा वडा दुईमा कांग्रेसका बागी उम्मेदवार

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका नेता सुदिप राजवाहकले बागी उम्मेदवारी दिएका छन् । आज निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा गएर उनले बागी उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

राजबाहक गत निर्वाचनमा कांग्रेसको तर्फबाट वडा सदस्य समेत भइसकेका छन् । कांग्रेसले हेटौंडा–२ मा दुई जनालाई टिकट दिइसकेको छ ।

उम्मेदवारी दिएका राजवाहकले दुई जनाले दुई तिर नै दिएर टिकट किनेको आरोप लगाए । ‘अरुले पैसा दिए मैले दिन सकिनँ, त्यही भएर मैले टिकट नपाएको उनको भनाइ छ । अब कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *