मनोरञ्जन

दीपक र बिपिनको सेल्फी ’दर्शकले भने रियल र रिलका हास्यकलाकार’

काठमाडौं । आगामी शुक्रबारबाट फिल्म ‘सेल्फी किङ्ग’ प्रदर्शनमा आउदैछ । फिल्मले टेलिभिजनमा हिट भएर अस्ताउदै गरेको हाँस्यकलाकारको एक घटनालाई प्रस्तुत गरेको बताइएको छ ।

ति कलाकारको तीन दिनको कथामा तयार भएको भनिएको फिल्म सेल्फी किङ्ग अर्थात विपिन कार्की एक कार्यक्रमका लागि सोलुखुम्बु पुगेर त्यहाँ कार्यक्रममा सरिक भएर फर्किने क्रममा आउने उतारचढावमै फिल्म केन्द्रीत छ ।
‘सेल्फी किङ्ग’ अर्थात विपीनले कमेडियनको भित्री पाटोलाई उजागर गरेका छन् । एउटा कमेडियनले हसाउन स्टेज चढ्दा उसको बाहिर जिम्मेवारीसँगै मन भित्रको पिडालाई निर्देशक विशाल सापकोटाले प्रस्तुत गरेका छन् ।

एउटा कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नुपरेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण भएको फिल्मको चर्चा भइरहदा रियलका हास्यकलाकार दीपकराज गिरीले रिलका हाँस्यकलाकार विपिन कार्कीलाई भेटेका छन् ।

फिल्ममा स्क्रिप्ट अनुसार सेल्फी किङ्गले महसुस गरेको हाँस्यकलाकारको पिडा र रियल लाइफमा भोग्नु पर्ने पिडाको बारेमा विपिन र दीपकले अनुभव साटेका हुन् ।

दिनेश राउत र शुभाष थापाको लगानी रहेको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ । अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ ।

कमेडीको कथामा फिल्म गरेपछि यो पेशा कति गाह्रो छ भन्ने आफुले बुझेको बिपिनले बताए । ‘फिल्मनै एक कमेडियनको तीन दिनको कथामा छ । त्यसैले पनि यसको कुनै न कुनै भागले कमेडियनलाई रिलेट गर्छ’ बिपिनले थपे ।
हाम्रै कथामा फिल्म बनेकोले केहि बुझौ भनेर बिपिनसँग भेटेको कलाकार दीपकले बताए । ‘हाम्रो सपोर्ट फिल्मलाई नहुने कुरै भएँन किनकी यो हाम्रो नै हो । नेपाली फिल्म त हाम्रो हो नै , साथमा यो फिल्मको ट्रेलरले हामीलाई हाम्रो कथा महसुस गराउछ । फिल्मको बारेमा सुन्दा नै यसका केहि घटना मसँग पनि घटेका छन् । जस्तै बस चढ्ने । ’ट्वाक्क टुक्क’ मार्फत हिट त भए तर , आर्थिक रुपमा सबल नहुँदा बस नै चढ्ने बाध्यता थ्यो । केहि समयपछी टेम्पो चढ्न थाले , त्यहाँ विपिनले झैँ प्रश्नको सामना गर्नु पर्यो’ दीपकले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *