प्रविधि

अनलाइन बैठकले वातावरणमा प्रभाव पार्छ

इन्टरनेटमार्फत् हुने भर्चूअल बैठकहरू कोभिड १९ महामारीका कारण यतिखेर सम्पर्क, सहकार्य र सामाजिक हुनका लागि महत्त्वपूर्ण माध्यम बनेका छन्। तर अमेरिकी अध्ययनकर्ताहरूको एउटा टोलीले सुझाएअनुसार ह्वात्तै बढेको त्यस्तो बानीको प्रभाव भने वातावरणमा पर्ने पाइएको छ।
यद्यपि सन् २०२० मा कोरोनाभाइरसकै कारण लगाइएका यात्रा प्रतिबन्ध र लकडाउनका कारण विश्वव्यापी रूपमै कार्बन उत्सर्जनमा कमी आएको थियो। पर्डू यूनिभर्सिटी, येल यूनिभर्सिटी र म्यासचूसिट्स इन्स्टिट्यूट अफ टेक्नोलजीले सुझाएको उपाय भने सहयोगी र निकै लोकप्रिय पनि हुनसक्छ।
एउटा जर्नल ‘रिसोर्सेज, कन्जर्भेशन एन्ड रिसाइक्लिङ’ मा प्रकाशित शोधमा अध्ययनकर्ताहरूले ‘आवाज मात्र प्रयोग गरेर’ बैठक गर्न सुझाएका छन्। किनकि त्यसले अनलाइन गतिविधिका कार्बन, पानी र भूमिमा हुने फुटप्रिन्टलाई उल्लेख्य रूपमा घटाउँछ। उनीहरूको अनुमानमा झन्डै एक घण्टाको भिडिओ संवाद वा भिडिओ प्रस्तुत गर्ने कामले १५० देखि १,००० ग्रामसम्म कार्बन डाइअक्साइड उत्सर्जन हुनुका साथै त्यसका लागि १२ लिटरसम्म पानी आवश्यक पर्छ।


उनीहरूले गरेको गणनाअनुसार अनलाइन बैठकका बेला हाम्रा क्यामरा बन्द गरेर ९६ प्रतिशत कार्बन र पानीको फुटप्रिन्ट कम गर्न सकिन्छ। उक्त अध्ययनका एक सहलेखक तथा येल यूनिभर्सिटीका पर्यावरण विज्ञानका प्राध्यापक कभी मदानी भन्छन्, ‘डिजिटल प्रविधि हामीमाझ लामो समयसम्म रहनेछन् र यस्तो बेला तिनले धेरै मानिसहरूलाई सघाइ पनि रहेका छन्। उनी थप्छन्, ‘तर हाम्रो अध्ययनले त्यसको पर्यावरणीय प्रभाव कस्तो छ र त्यसलाई कसरी घटाउने भन्ने देखाउँछ।’
आफ्ना सन्देशहरू हेर्न वा केही सूचना खोज्न वा सामाजिक सञ्जालको प्रयोग गर्नका लागि हरेक बेला जब हामी अनलाइनमा जान्छौँ त्यसका लागि डेटा प्रशोधन हुनुपर्छ।त्यसका लागि उपयोग हुने विद्युत्‌को कार्बन उत्सर्जनजस्ता थुप्रै प्रभाव हुन्छ।

सन् २०१९ मा प्यारिसमा फ्रेन्च सरकारको सहयोगप्राप्त एउटा थिङ्क ट्याङ्क द शिफ्ट प्रोजेक्टले गरेको अनुमानअनुसार डिजिटल प्रविधिको मात्र विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा झन्डै ४ प्रतिशत योगदान रहेको पाइएको थियो। सन् २०१८ मा त्यस्तै हिस्सा उड्डयन क्षेत्रको थियो। डेटा केन्द्रहरू सञ्चालन हुन निकै उच्च मात्रामा विद्युत खर्च हुन्छ।

महामारीका बेला मानिसहरूका आवतजावतमा प्रतिबन्धहरू लगाइएपछि विश्वभरि इन्टरनेट चलाउने काम उच्च रूपमा बढ्यो। उक्त अध्ययनले इन्टरनेटको कार्बन फुटप्रिन्टलाई उदहारणका लागि डेटा केन्द्रहरूसँग जोडेर हेरेको छ। कम्पनीहरूले ठूलो मात्रामा आफ्ना डेटा भण्डारण गर्ने स्थान तयार पारेका छन्। क्लाउड कम्प्यूटिङ् अर्थात् इन्टरनेटमै धेरैजसो कुरा भण्डारण गरेर राख्ने सुविधाले ठूलो मात्रामा विद्युत् खपत गरिरहेको छ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले गरेको अनुमानअनुसार विश्वभरि रहेका डेटा केन्द्रहरूले विश्वको विद्युत् खपतको १ प्रतिशत भाग ओगटेका थिए। राष्ट्रिय र स्थानीय स्तरमा त्यसको बढ्दो मागका कारण वातावरणीय असर अझ ठूलो हुनसक्छ।

जीवाश्म इन्धनबाट विद्युत् उत्पादन गरिने देशमा खासगरी यसको प्रभाव अझ बढ्ता छ। विश्वनेताहरू समेत अब भर्चूअल बैठकतर्फ आकर्षित भइरहेका छन् । केम्ब्रिज यूनिभर्सिटीका मानवशास्त्री अलेक्जेन्डर टेलरले प्रविधि उद्योगको वातावरणीय प्रभावबारे अध्ययन गरेका छन्। उनी भन्छन्, ‘प्राज्ञिक व्यक्तिहरूले डेटा केन्द्रहरूलाई केही कारण भएरै भविष्यका उद्योगहरू भन्ने गरेका छन्।’

अनुसन्धानकर्ता मदानी भन्छन्, ‘हामीले भिडिओ बैठक वा संवादहरू वा अन्य अनलाइन गतिविधिहरूलाई खराब भनिरहेका छैनौँ। गाडी चलाएर वा विमान उडेर गएर कसैलाई भेट्नुभन्दा त यो धेरै राम्रो छ।’ तर यी प्रविधिहरूले असर छाडिरहेका हुन्छन्। ती कार्बन तटस्थ छैनन् भन्ने धेरैलाई थाहा छैन। न त प्रविधि कम्पनीहरूले नै त्यसको जानकारी दिइरहेका छन्।’
हामीले गर्न सक्ने के हो भने अनलाइन बैठकका बेला एकजना बोल्दासमेत थुप्रैका भिडिओ खुलिरहेका हुन्छन्। भिडिओ संवाद हुने जूम एप्लिकेशनमा मात्र दैनिक प्रयोगकर्ताहरू सन् २०१९ को डिसेम्बरदेखि २०२० डिसेम्बरसम्ममा एल करोडबाट ३० करोड पुगेको उक्त कम्पनीको विवरण छ। तर जूम मात्रै एक्लो त्यस्तो होइन। भिडिओका अनलाइन मञ्चहरू जस्तै यूट्यूब र नेटफ्लिक्सले सबैभन्दा उच्च वातावरणीय प्रभाव पारिरहेका छन्।

भिडिओ बैठकहरूका हकमा गरिएको एउटा गणनाअनुसार सातामा १५ घण्टा क्यामरा खुलै छाडेर कुराकानी गर्दा ९।४ किलो कार्बन डाइअक्साइड उत्पादन हुने पाइएको छ। भिडिओ मात्रै बन्दै गरेर त्यसलाई ४०० ग्रामभन्दा कममा झार्न सकिने ती अध्ययनकर्ताहरूको दाबी छ।

यदि १० लाख प्रयोगकर्ताले यी परिवर्तनमा आफूलाई समाहित गर्न सके भने उनीहरूले कोइलाबाट आउने ऊर्जाले ३६,००० मानिसहरू बस्ने पुग्ने ठाउँको मासिक उत्सर्जनसरह वचत गरेर योगदान दिन्छन्। भिडिओका अनलाइन मञ्चहरू जस्तै यूट्युब र नेटफ्लिक्सले सबैभन्दा उच्च वातावरणीय प्रभाव पारिरहेका छन्। भिडिओका अनलाइन मञ्चहरू जस्तै यूट्यूब र नेटफ्लिक्सले सबैभन्दा उच्च वातावरणीय प्रभाव पारिरहेका छन् ।
– बीबीसी नेपाली सेवा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *