खेलकुद

टी-२० विश्वकप छनोटमा नेदरल्यान्ड्स, आयरल्याण्ड र बंगलादेश विजयी

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत भएको पहिलो दिनमा नेदरल्यान्ड्स, आयरल्याण्ड र बंगलादेश विजयी भएका छन् ।

मुलपानीमा भएको खेलमा बंगलादेशले अमेरिकालाई २१ रनले पराजित गरेको हो । दिनको तेस्रो खेलमा नेदरल्यान्ड्सले टेस्ट राष्ट्र जिम्बाब्वेलाई २२ रनले हराउँदा चौथो खेलमा आयरल्याण्डले पपुवा न्युगिनीमाथि ४१ रनको जित हासिल गरेको हो ।

आजै भएको उद्धाटन खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *