खेलकुद

वार्मअप खेलमा अमेरिकासँग नेपाली महिला क्रिकेट टिम पराजित

काठमाडौँ । नेपाली महिला क्रिकेट टिम वार्मअप खेलमा अमेरिकासँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १३७ रनको लक्ष्य पछाएको अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

अब आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालीफायर अन्तर्गत आइतबारदेखि शुरु हुदैछ र नेपालले पहिलो खेल थाइल्याण्डविरुद्ध खेल्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *