खेलकुद

राफिन्हाको दुई गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा दुवै गोल राफिन्हाले गरेका थिए । राफिन्हाले खेलको ७०औं र ८६औं मिनेटमा गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको १७ खेलमा ४३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १६ खेलमा ३६ अंक रहेको छ ।

त्यसैगरी ओसासुनाको १६ खेलमा १५ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *