काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको अवस्थामा पनि दोस्रो स्थान सुनिश्चित गर्न जित आवश्यक भएकाले टोलीले योजनाअनुसार खेल्न सफल भएको बताएका छन्।
सन्दीपले फिल्डिङ र बलिङमा केही कमजोरी भए पनि समग्रमा टोलीले राम्रो प्रदर्शन गरेको उल्लेख गरे। “ओपनिङ पार्टनरशिप नै हाम्रो खेलको सफलता सुनिश्चित गर्ने मुख्य आधार बन्यो,” उनले भने।
बलिङमा फाप डु प्लेसिसले पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेकाले टोलीलाई रन संकलनमा सहयोग पुगेको र उनी विश्व क्रिकेटमा विशेष बलर भएकोले टिमले धेरै अपेक्षा राख्ने उनले बताए। सन्दीपले नेपालमा क्रिकेटको लोकप्रियता र त्यसले आफूमा पारेको प्रभावबारे पनि जानकारी गराए।




