खेलकुद

एनपीएलको पहिलो खेल : टस जनकपुरको, ब्याटिङ विराटनगरको

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरका कप्तान अनिल साहले टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन् । (एनपीएल) क्रिकेट हेर्न बिहान देखि नै दर्शक कीर्तिपुरमा ओर्लिएका थिए । कीर्तिपुर मैदानको खुल्ला प्यारापिट सबै भरिएको छ ।

खेलकुदमन्त्री तेजुलाल चौधरीले गरे एनपिएलको उद्घाटन
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् । शनिबार सुरु हुन लागेको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।

उद्घाटनसत्र अघि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय चर्चित खेलाडी शिखर धवनले मैदान परिक्रमा गर्दै नेपाली समर्थकको अभिवादन स्विकार गरेका थिए । ८ टिमबीच हुने एनपीएलको समापन ६ पुसमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *