खेलकुद

लेगानेजमाथि रियल म्याड्रिडको सहज जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लेगानेजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे, फेडेरिको भालभर्डे र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको १३ खेलमा ३० अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै एक खेल बढी खेलेको बार्सिलोना ३४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी लेगानेजको १४ खेलमा १४ अंक भएको छ र लिगमा १४औ स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *